Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


प्रधानमन्त्री कार्कीसहित राजनीतिक दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग


143
Shares

काठमाडौं ।

आगामी फागुन २१ गते हुने घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको बारेमा आज निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधि र सरकारसँग छलफल गर्दैछ ।

आज दिउँसो १ बजे प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल हुने भएको हो ।
अन्तरिम सरकारले आगामी फागुन २१ गतेलाई प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा गरेको छ ।
तर राजनीतिक दलहरु भने सरकार निर्वाचन गराउनबाट टाढिरहेको आरोप लगाउँदै समयमै निर्वाचन हुनुपर्ने माग गरिरहेका छन् । छलफलमा हालसम्मको आयोगको तयारी, सुरक्षा अवस्था, राष्ट्रिय सभा सदस्य निर्वाचनबारे पनि छलफल हुनेछ ।