Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


बंगलादेश घटनाको विरोधमा नेपालमा प्रदर्शन


325
Shares

काठमाडौं ।
बङ्गलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै बंगलादेश सरकारको प्रतिकात्मक पुत्ला जलाएको छ । प्रदर्शनमा सहभागी युवाहरुले बंगलादेश सरकारविरुद्ध नारावाजी गर्दै पुत्ला जलाएका थिए ।

युवाहरुले मुस्लिम आयोग नेपालमा खारेज गरिनुपर्ने माग समेत गरेका थिए । युवाहरूले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दुहरू असुरक्षित रहेको र निर्मम हत्या हुँदा पनि सरकारले अपराधीहरूमाथि कारबाही नगरेको आरोप लगाएका छन् ।

कारबाही नभए ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।