Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक जारी


598
Shares

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

सहकारी ठगी अभियोगमा जेलमा रहेका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश अनुसार उहाँ पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने रास्वपाले जनाएको छ । केन्द्रीय समिति बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई पार्टी कार्यालयमा स्वागत गरेका थिए ।

शुक्रबार रिहा भएका सभापति लामिछानेले शनिबार चितवनको सभा सकेर काठमाडौं फर्केर जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेका थिए ।

सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति हुनुहुन्थ्यो । लामिछाने रिहा भएलगत्तै रास्वपाले पार्टी गतिविधिमा पूर्ववत् अवस्थामै सक्रिय हुने जानकारीसमेत गराएको थियो ।