वीरगञ्ज ।
मुलुककै आर्थिक महानगर वीरगञ्ज आसपासको सिमासुरक्षालाई अझ सशक्त बनाउन छलफल गरिएको छ ।
भारत आउजाउमा सबै भन्दा बढी चांप भएको र नुनदेखि सुनसम्मको कारोबार हुने वीरगञ्ज–रक्सौल क्षेत्रलाई व्यवस्थापनको लागी आइतबार बिहान छलफल गरिएको जनाइएको छ ।
इरिक्साको बढ्दो चाँप र जथाभावी व्यवस्थापनले गर्दा केही समय देखि मुलुककै प्रमुखद्धारको रुपमा रहेको वीरगञ्जको शंकराद्धार देखि बितेरीपुलसम्मको ट्राफिक व्यवस्थापन भद्रगोल रहँदै आएको थियो । वीरगञ्ज– रक्सौल रुटमा चल्ने यात्रुवाहक ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरुसंग सशस्त्र प्रहरीले अन्तरकृया गरेको हो ।
आइतबार बिहान करिब एक सय जना ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरुलाई भेला गरी सशस्त्र प्रहरीले उनीहरुसंग ट्राफिक व्यवस्थापन,सीमा सुरक्षा,सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रणमा सकारात्म सहयोग लगायतका विषयमा अन्तरकृया गरेको हो ।
कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) पुरनचन्द्र भट्टले सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणमा ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरुको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नु भयो, सिमामा आउजाउ गर्ने अपराधीक तत्वहरुको बारेमा सुरक्षा निकायलाई सहायोग गर्न आग्रह गर्नुका साथै सीमा सुरक्षा सुदृढ गर्न स्थानीय नागरिक, विशेषगरी ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरुको सहकार्य अपरिहार्य छ ।’सबैको सहयोग सहकार्यमा सिमामा हुने अपराधिक गतिविधिलाई निर्मूल पार्ने हो’ उहाँको भनाइ थियो ।
ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरु दैनिक रूपमा सीमा क्षेत्रमा आवतजावत गर्ने भएकाले कुनै पनि शंकास्पद बस्तु वा व्यक्ति देखेमा तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन शस्त्रप्रहरी उपरिक्षक भट्टले निर्देशन समेत दिनुभयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले सुरक्षा निकाय र नागरिकबीच आपसी विश्वास र सहकार्य बढाउन यस्ता अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो ।
उहाँले समुदायको सक्रिय सहभागिताले मात्र दिगो शान्ति र सुरक्षा सम्भव हुने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक पुरषोत्तम भण्डारी,सञ्चारकर्मी अभिलाष गुप्ता लगायतकाकोपनि सहभागिता रहेको थियो।





प्रतिक्रिया दिनुहोस्