Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


दक्षिण अफ्रिकाको जोहानेसबर्गमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु


247
Shares

एजेन्सी ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आइतबार अज्ञात बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गौतेङ प्रान्तको बेकरस्डाल टाउनशिपमा रहेको एक बार तथा वरपरका क्षेत्रमा बन्दुकधारीहरूले जथाभावी गोली चलाएका थिए। आक्रमणको उद्देश्य हालसम्म खुल्न सकेको छैन।

गौतेङ प्रान्तीय प्रहरी प्रवक्ता ब्रिगेडियर ब्रेन्डा मुरिडिलीले केही पीडितहरूलाई सडकमा समेत गोली हानिएको जानकारी दिएकी छन्। घटनामा ज्यान गुमाएका व्यक्तिहरूको पहिचान हुन बाँकी छ।

घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ। प्रहरी घटनामा संलग्न आक्रमणकारीहरूको खोजी गरिरहेको र विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

यो डिसेम्बर महिनामा दक्षिण अफ्रिकामा भएको दोस्रो ठूलो गोलीकाण्ड हो। यसअघि डिसेम्बर ६ मा राजधानी प्रिटोरिया नजिकैको एक होस्टेलमा भएको गोलीकाण्डमा तीन वर्षको बच्चासहित १२ जनाको मृत्यु भएको थियो।

६ करोड ३० लाख जनसंख्या भएको दक्षिण अफ्रिकामा उच्च अपराध दर रहेको छ र यो देश विश्वमा सबैभन्दा बढी हत्या दर भएका मुलुकमध्ये एक मानिन्छ।