Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


रवि लामिछानेलाई आज वनस्थलीस्थित घण्टी घरमा स्वागत गरिँदै


403
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पार्टी कार्यालय जाने भएका छन् ।

सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी तिरेर शुक्रबार रिहा भएका लामिछानेलाई वनस्थलीस्थित घण्टी घर नजिकैको पार्टी कार्यालयमा दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम राखिएको पार्टी प्रवक्ता मनिष झाले स्वागत कार्यक्रमको जानकारी दिएका हुन् ।

रिहा भएपछि लामिछाने चितवन पुगेका थिए भने शनिबार कार्यकर्तालाई सम्बोधन गरी काठमाडौं फर्किएका थिए । रास्वपाले उनी तत्काल पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ ।