काठमाडौं ।
संघीय अनुसन्धान एजेन्सी (एफ.आई.ए) को विशेष अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ ।
अदालतले दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय हुनेछ ।
इमरानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको धारा ५ (२) (सरकारी कर्मचारीहरूद्वारा आपराधिक दुव्र्यवहार) अन्तर्गत सात वर्षको श्रम कारावासको सजाय सुनाइएको छ ।
उनकी श्रीमती बुशरा बीबीलाई पनि सोही प्रावधानअन्तर्गत कुल १७ वर्षको जेल सजाय सुनाइएको उल्लेख गरिएको छ । यस वर्षको अक्टोबरमा इमरान र बुशरा बीबीले सबै आरोपहरू अस्वीकार गरी यो पाकिस्तानी प्रधानमन्त्रीलाई राजनीतिबाट अयोग्य ठहर गर्ने मनगढन्त र राजनीतिक प्रसिोध भएको बताएका थिए ।





प्रतिक्रिया दिनुहोस्