Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नीजामती अस्पतालको शुल्क १० प्रतिशतले वृद्धि


273
Shares

काठमाडौं । नीजामती अस्पतालको शुल्क १० प्रतिशतले वृद्धि भएकाे छ ।

अस्पतालमा रहेका विभिन्न सेवाका सेवा शुल्कहरु १०५ रुपैयाँले वृद्धि भएकाे नीजामती अस्पतालले जनाएकाे हाे ।

हाललाई एमआरआइ सिटी स्क्यान र डेक्साका शुल्कलाई यथावत राखिएको र अन्य सेवा शुल्कमा सबैमा १०५ ले वृद्धि गरिएको अस्पतालले जनाएकाे छ ।

अस्पतालमा नीजामती कर्मचारी, कर्मचारीका परिवार र सरवसाधारण नागरिकले स्वास्थ्य सेवा लिने गर्दछन् । यो शुल्क वृद्धिले सर्वसाधारण बिरामीलाई भने आर्थिकभार थपिने विज्ञहरूको बताएका छन् । अस्पतालले गत मंगलवारदेखि शुल्क वृद्धि गरी लागु गरेको अस्पतालले जनाएको छ ।