Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


संयुक्त राष्ट्रसङ्घमा आउँदो महिना म्यानमार नरसंहारको सुनुवाइ हुने


299
Shares

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतले आउँदो जनवरीमा म्यानमार नरसंहारको सुनुवाइ गर्ने भएको छ ।

म्यानमारले रोहिङ्ग्या समुदायविरुद्ध नरसंहार गरेको मुद्दामा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) अर्काे महिना सुनुवाइ गर्ने भएको समाचार संस्था अलजजीराले जनाएको छ ।

सुनुवाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय न्याय अदालतमा मुद्दा ल्याएको मुस्लिम बहुल पश्चिम अफ्रिकी देश गाम्बियाले जनवरी १२ देखि १५ सम्म आफ्नो तर्कको रूपरेखा प्रस्तुत गर्नेछ । इस्लामिक सहयोग सङ्गठनको समर्थनमा गाम्बियाले सन् २०१९ मा आईसीजेमा मुद्दा दायर गरेको थियो जसमा म्यानमारले प्रायः मुस्लिम रोहिङ्ग्या जातीय समूहविरुद्ध नरसंहार गरेको आरोप लगाइएको छ ।

नरसंहार गरेको अस्वीकार गरेको म्यानमारले त्यसपछि जनवरी १६ देखि जनवरी २० सम्म अदालतमा आफ्नो मुद्दा प्रस्तुत गर्न सक्ने खबरमा उल्लेख छ । एउटा असामान्य कदमका रूपमा आईसीजेले साक्षीहरूको सुनुवाइका लागि तीन दिन पनि छुट्याएको छ । यी सुनुवाइहरू नागरिक र मिडियाका लागि बन्द रहनेछन् ।

सन् २०१९ मा गाम्बियाले संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा २०१७ मा रोहिङ्ग्यामाथि सेना र बौद्ध मिलिशियाले गरेको क्रूर कारबाहीका क्रममा म्यानमारका अधिकारीहरूले राष्ट्रसङ्घको नरसंहार महासन्धिको उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

त्यस क्रममा रक्तपातबाट ७ सात ४२ हजारभन्दा धेरै रोहिङ्ग्या भागेका थिए । यद्दपि प्रत्यक्षदर्शीहरूले हत्या, बलात्कारका साथै सम्पूर्ण गाउँ जलाइएका बताएका छन् ।