Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


राष्ट्रपति पौडेलकै कारण संसद विघटन भएको एमाले नेता बर्तौलाकाे दावी

राष्ट्रपति पौडेल स्वयंले नै संसद पुनर्स्थापना घोषणा गर्नुपर्नेमा जाेड

0
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण प्रतिनिधिसभा विघटन भएको दावी गर्नुभएकाे छ।

नेता बर्तौलाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे दावी गर्नुभएकाे हाे। संविधानको परिपालक र संरक्षकको जिम्मेवारीमा रहेका राष्ट्रपतिबाट भएको संवैधानिक कमजोरी र असावधानीकै कारण प्रतिनिधिसभा विघटन भएको उहाँले दावी गर्नुभयाे। उहाँले सोही कमजोरी सच्याउँदै राष्ट्रपति पौडेलले स्वयंले संसद पुनर्स्थापना घोषणा गर्नुपर्ने उल्लेख गर्नुभएकाे छ।

‘यो केवल संसद्को विघटन मात्र होइन, लोकतन्त्रको आत्मामाथिको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्तामाथिको आघात भएकाे जारी विज्ञप्तिमा भनिएको छ।’ यद्यपि, यस विषयमा संवैधानिक परीक्षण र उपचारका लागि दर्जनौं रिट निवेदनहरू सम्मानित अदालतमा दर्ता भई विचाराधीन अवस्थामा रहेको पनि उहाँले स्मरण गराउनुभयाे।

नेता बर्तौलाले अदालतको आदेश कुरिरहनु नपर्ने भन्दै राष्ट्रपति पौडेलले आफ्नै पहलमा संवैधानिक कमजोरी सच्याउन सक्ने जिकिर गर्नुभएकाे छ।