Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


आफू राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको ऊर्जामन्त्री घिसिङकाे तर्क

'भाषण नभइ नतिजा दिने पक्षमा छु'

247
Shares

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ।

चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूहरु राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको बताउनुभयो। राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै उहाँले देशलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभएकाे छ। उहाँले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटोमात्रै समातेको जिकिर गर्नुभयो। देश परिवर्तन भएन, देशमा सुशासन भएन र देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने बताउनुभएकाे छ।

ऊर्जामन्त्री घिसिङले आफू भाषण नभइ नतिजा दिने पक्षमा रहेको बताउनुभयो।