Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


रास्वपाका सभापति लामिछाने काठमाडौं विमानस्थलमा आइपुगे

लामिछानेलाई विमानस्थलमा नेता तथा कार्यकर्ता र समर्थकले गरे भव्य रूपमा स्वागत

429
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौंमा आइपुग्नुभएकाे छ।

लामिछाने सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका शुक्रबार मात्रै रुपन्देही जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुनुभएकाे हाे। लामिछानेलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर ठूलो संख्यामा रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो। लामिछाने विमानस्थलबाट बाहिरिँदा उहाँका समर्थकहरूले नाराबाजी गर्दै भव्य स्वागत गरेका छन्।

पछिल्लो समय लामिछाने रिहा भएपछि रास्वपाका कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ। लामिछानेलाई स्वागत गर्न विमानस्थलमा सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो।