Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


पूर्वराष्ट्रपति भण्डारीले दिइन् एमालेका नवनिर्वाचित अध्यक्ष ओलीलाई बधाई

लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउने

364
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारी र सदस्यलाई बधाई दिनुभएकाे छ।

एमालेकाे पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैंमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गर्नुभएकाे हाे। साेही महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि उहाँले धन्यवाद दिनुभएकाे छ।

लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया भएकाे बताउदै उहाँले जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउने बताउनुभयाे। पूर्वराष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संघठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको उल्लेख गरिएकाे छ।