काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह-संयोजक माधवकुमार नेपालले अहिले आफूहरूले गरेका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ।
पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सह-संयोजक नेपालले अहिले अरू पार्टीहरूको आलोचना गर्ने समय नभएको बताउँदै आफू नै सच्चिएर अघि बढ्नुपर्ने समय आएकाे बताउनुभयाे। उहाँले एकताको सन्देश लिएर गाउँ-गाउँमा जान कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभएकाे छ। अहिले आफ्नो विचारलाई जनताकोबीचमा लिएर गइरहेको बताउँदै उहाँले नयाँ नेपाल निर्माण गर्ने आफूहरूको अभियान रहेको बताउनुभयाे।
सहसंयोजक नेपालले अहिले ७७ वटै जिल्ला र स्थानीय तहमा कार्यक्रमहरू भइरहेको बताउँदै पार्टीभित्र मौलाइरहेको खतरनाक प्रवृतिको पनि आलोचना गर्नुभएकाे छ। नेता बन्ने तर जनताकाबीचमा नजाने प्रवृक्तिलाई छुट दिन नसक्ने उहाँले चेतावनी दिनुभयाे।





प्रतिक्रिया दिनुहोस्