Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


बंगलादेशको एक अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार


507
Shares

एजेन्सी । बंगलादेशको एक अखबारको कार्यालयमा आक्रोशित भीडले छापा मारी आगो लगाएका छन् ।

सोही कार्यलयमै फसेका द डेली स्टारका करिब २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको हो।आक्रोशित भीड शुक्रबार अखबारको कार्यालयमा गएर आगो लगाउनुअघि तोड्फोड गरी नारा लगाउदै आगो लगाएको थियो।

भीडले उनीहरूको बाटो अवरुद्ध गरेको कारण केही समयका लागि अग्निशमन सेवा भवनमा पुग्न नसकेको बिडी न्यूजले जनाएको छ । फोन र सामाजिक सञ्जाल मार्फत सहयोग र ज्यान बचाउन आग्रह गर्दै छतमा भागेको र दमकलकर्मीहरू अन्ततः घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइ उद्धार गरेको जनाइएको छ ।