काठमाडाैं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक यहि पुस २६, २७ र २८ गते बस्ने भएको छ।
काठमाडाैंमा शुक्रबार बसेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले पुसको अन्तिम हप्ता दोस्रो केन्दीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। त्यसैगरी बैठकले केन्द्रीय सल्लाहकार परिषद पनि गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीमा पठाउने निर्णय पनि गरेको छ। ११ औं राष्ट्रिय महाधिवेशनले संशोधन गरेर विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीहरुमा पठाउने प्रस्ताव पनि बैठकले पारित गरेको उपमहासचिव भट्टले बताउनुभयो। बैठकले नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई समेत दिएको छ।
एमालेले पार्टीको ११ औं महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको निष्कर्ष निकाल्दै त्यस काममा सहभागी सबैलाई धन्यवाद समेत व्यक्त गरेको छ।





प्रतिक्रिया दिनुहोस्