Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


ऊर्जामन्त्री घिसिङले निर्माण व्यवसायीमाथि निर्मम रूपमा प्रहार गरेकाे अध्यक्ष सिंहकाे आराेप

अन्तरिम सरकार पनि विगतको भन्दा फरक देखिएन

611
Shares

काठमाडाैं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका ऊर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरुमाथि निर्मम रुपमा प्रहार गरेको आरोप लगाउनुभएको छ।

काठमाडाैंमा शुक्रबार बागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जेनजी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरुमाथि निर्मम रुपमा प्रहार गरिरहेको बताउनुभयो । उर्जा, जलश्रोत, सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्रीले असभ्य भाषाबाट निर्माण व्यवसायीहरुमाथि प्रहार गरिरहनुभएको उहाँकाे दावी छ।

अध्यक्ष सिंहले मन्त्री घिसिङको कदमले व्यवसायीहरु हतोत्साहीत भएको बताउनुभयो । मन्त्रीले निर्माण उद्योगलाई धराशायी बनाएको उहाँकाे आरोप छ। असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा पाउन नसकेको उहाँले बताउनुभयो।

अध्यक्ष सिंहले विगतमा सरकारी संयन्त्रको प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने गरिएको र अन्तरिम सरकारले पनि त्यही क्रमले निरन्तरता पाएको दावी गर्नुभएकाे छ। मन्त्री घिसिङ सरकारी संयन्त्रको प्रयोग गरेर पार्टीको प्रचारमा लागिरहेको उहाँले हआरोप लगाउनुभयो।