Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


रवि लामिछाने सवार बुद्ध एयरको जहाज भरतपुरमा पुग्याे

प्रहरीको गाडीमा राखेर लामिछानेलाई रूपन्देही लगिंदै

767
Shares

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिएकाे छ।

भैरहवा विमानस्थल बाक्लो हुस्सु नखुलेपछि काठमाडाैंबाट लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत भरतपुर पुराइएकाे हाे। उनलाई प्रहरीको गाडीमा रुपन्देही लान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ। लामिछानेसँग केन्द्रीय कारागारका डीएसपी जेसी शाह पनि जानुभएकाे हाे।

उनलाई शुक्रबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ । शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका कारण लामिछाने लामो समय काठमाडाैं विमानस्थलमै रोकिएका थिए ।