काठमाडौं । मोरङ र बागलुङमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।
मोरङको सुनवर्षी नगरपालिका-४ कासिजामस्थित सडकमा मे.११ प १४० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही नगरपालिका-४ बस्ने ६२ वर्षीय जयरामप्रसाद दासको बिहीबार राति मृत्यु भएको हाे। साेही ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मकालु अस्पताल विराटनगरमा उपचार भइरहेको छ। त्यस्तै, बागलुङको बागलुङ नगरपालिका-४ कुंडुलेस्थित सडकमा ध.१ च. १३३६ नम्बरको जिपको ठक्करबाट पैदल यात्री काठेखोला गाउँपालिका.१ धैरेनी बस्ने शिवप्रसाद शर्माको ५ वर्षीय छोरा सूर्य ढुङ्गानाको बिहीबार साँझ मृत्यु भएको हाे। ठक्करबाट गम्भीर घाइते भएका उनको धौलागिरि प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भयाे।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएकाे हाे।





प्रतिक्रिया दिनुहोस्