Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


एसीसी यू-१९ एसिया कप क्रिकेटम आज २ खेल हुँदै

पहिलो सेमिफाइनलमा श्रीलंकाले भारतसँग सामना गर्दै

286
Shares

काठमाडौं । दुबईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलका शुक्रबार दुई वटा खेल हुने भएका छन्।

पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्ने भएको हो। दोस्रो सेमिफाइनलमा भने बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । एउटै समय शुक्रबार बिहान पौने १० बजेदेखि खेल शुरु हुने भएको छ । भारत समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । श्रीलंका भने समूह ‘बी’को उपविजेता हो।

पाकिस्तन समूह ‘ए’को उपविजेता हो भने बंगलादेश समूह ‘बी’को विजेता हो। सोही प्रतियोगितामा भारत र बंगलादेश अपराजित रहेका छन्। सेमिफाइनल भीडन्तका विजयी हुने टिमले उपाधिका लागि आइतबार फाइनल खेलका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

८ वटा टिम सहभागी प्रतियोगिताको समूहचरणबाटै यूएई, अफगानिस्तान, नेपाल र मलेसिया भने बाहिरिसकेका हुन्।