Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


जिल्ला प्रहरी कार्यालय रौतहटमा एक महिनामा ८८ मुद्दा दर्ता, ४२ प्रतिवादी पक्राउ


169
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले गत मंसिरमा जिल्लाको सुरक्षा अवस्था सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ।

कार्यालयको विवरण अनुसार एक महिनाभित्र मात्रै जिल्लामा ८८ वटा विभिन्न प्रकृतिका आपराधिक मुद्दा दर्ता भएका हुन् ।
दर्ता मुद्दामध्ये २८ वटा फर्छ्यौट भइसकेका छन् । ६० वटा मुद्दा अझै अनुसन्धानकै चरणमा रहेको प्रहरीले बताएको हो । सोही अवधिमा जिल्लाको विभिन्न स्थानमा लुकिछिपी बसेका विभिन्न अपराधमा संलग्न ४२ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको छ।

सोही महिनामा जिल्लाभर २७ जना व्यक्ति हराएको विवरण प्रहरीमा दर्ता भएको छ । जसमध्ये ९ जना फेला परेका छन् । हराउनेमा १३ महिला, २ बालक र १२ बालिका रहेका छन् भने फेला परेकामध्ये ४ महिला, १ बालक र ४ बालिका रहेका हुन् ।एक महिनामा घरेलु हिंसासम्बन्धी २८ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये २० वटा मिलापत्रमार्फत समाधान गरिएको प्रहरीले बताएको हो।

८ वटा उजुरीमा भने कानूनी प्रक्रिया अघि बढिरहेको कार्यालयले जनाएको छ।