काठमाडौं । नागरिकलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५ सय रुपैयाँ ठगी गर्ने गरेको आरोपमा ३ जनालाई पक्राउ परेका छन् ।
प्रहरीले बिहीबार उनीहरुलाई प्रकाउ गरेको हो । कपिलवस्तु शिवराज नगरपालिका- ५ घर भई हाल काठमाडौं ३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका-१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर ५ बस्ने २५ वर्षीय साइरज सुवेदी पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका मध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै १९ लाख, विश्वकर्माले क्यानाडा पठाउने भन्दै १९ लाख र सुवेदीले अमेरिका पठाइदिने भन्दै ११ लाख १४ हजार ५ सय रुपैयाँ लिई विदेश नपठाएर सम्पर्क विहीन भएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको समेत प्रहरीले बताएको छ।





प्रतिक्रिया दिनुहोस्