Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


एमाले नेतृत्वमाथि आक्रमण गरे कार्की नेतृत्वको सरकार ढाल्ने अध्यक्ष ओलीको चेतावनी

सरकार ढाल्न पार्टीका नेता तथा कार्यकर्तालाई तयारीमा अवस्थामा बस्न निर्देशन

2.3k
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिनुभएको छ।

काठमाडौंमा बिहीबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूकाे पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टीका कार्यकर्तालाई निर्देशन समेत दिनुभयो। उहाँले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशैभरीबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनुभएकाे छ।

एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबै भन्दा महँगो पर्ने अध्यक्ष ओलीले सकारलाई चेतावनी समेत दिनुभयो।