Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


एमालेकाे केन्द्रीय सदस्यमा अत्याधिक मतसहित सुनिता डंगोल विजयी


1.2k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अत्याधिक मतसहित नेकपा एमालेकाे केन्द्रीय सदस्यमा विजयी हुनुभएकाे छ।

भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उहाँले ४० वर्ष मुनिकाको भीडन्त भएको उक्त क्लस्टरका अन्य दुई उम्मेदवार ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतले पराजित गर्नुभएकाे हाे। उहाँले १ हजार ६ सय ६८ मत ल्याउँदा थापाले २ सय २९ र खड्काले ३ सय ३० मात्रै मत ल्याएका थिए । याेसँगै सुनिताले एमालेको राजनीतिमा औपचारिक यात्रा शुरु गर्नुभएकाे छ।

सुनिता अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा रहनुभएकाे थियाे। उता कोशीबाट युवा क्लस्टरको उम्मेदवारमा युवा संघका अध्यक्ष क्षितिज थेबे समावेश हुनुभएकाे थियाे। उहाँले पनि ठूलो मतान्तरले जित निकाल्नुभएकाे एमालेकाे निर्वाचन आयाेगले जनाएकाे हाे।