Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


एमालेकाे महासचिवमा पराजित पाण्डे केन्द्रीय सदस्य पनि पराजित


9.6k
Shares

काठमाडौं । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित हुनुभएकाे छ।

एघारौं महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदानकाे सम्पन्न मतपरिणाममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । उहाँ महासचिवमा शंकर पोखरेलसँग पराजित हुनुभएकाे थियाे। त्यस्तै, पदाधीकारीमा लडेका अन्य दुई जना पनि केन्द्रीय सदस्यमा पराजित भएका छन्। उपाध्यक्षमा लडेका गुरुप्रसाद बराल केन्द्रीय सदस्यमा पनि पराजित हुनुभएकाे छ।

उपमहासचिव पदमा केपी शर्मा ओलीको प्यानलबाटै पराजित भएका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित हुनुभएकाे छ। केन्द्रीय सदस्यमा उहाँले ६ सय ३० मत मात्रै प्राप्त गर्नुभएकाे हाे।