Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


एमालेको महासचिवमा दाेस्राे कार्यकालका लागि पोखरेल विजयी, पाण्डे भने पराजित


663
Shares

काठमाडौं। नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी हुनुभएकाे छ।

भृकुटीमण्डपमा बिहीबार सम्पन्न भएकाे निर्वाच्नको अन्तिम मतपरिणाम अनुसार महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल विजयी भएको एमालेकाे निर्वाचन आयोगले जनाएकाे हाे।पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ। पोखरेल र पाण्डेबीचको मतान्तर २ सय २९ मत रहेको छ। पाण्डेले भने ९ सय ९९ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ।

पोखरेल पछिल्लो समय ओलीका विश्वासपात्रका रुपमा स्थापित हुनुभएकाे थियाे।