Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


झुटो विवरण पेश गरेर नागरिकता र राहदानी बनाएको अभियोगमा ३ जना पक्राउ, अनुसन्धान जारी


416
Shares

काठमाडौं । प्रहरीले झुटो विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

दाङ तुलसीपुर उपमहानगरपालिका-१७ घर भई हाल काठमाडौं तारकेश्वर-८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका-३ घर भई हाल ललितपुर महालक्ष्मी-१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापा भद्रपुर नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूमाथि नागरिकता, लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको जनाएको छ ।