काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनाको काम शुरु भएको छ।
मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी मतगणना शुरु भएको एमाले निर्वाचन आयोगले जनाएको हो। निर्वाचनमा जम्मा २ हजार २ सय ६३ जना मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका थिए।
बुधबार बिहान सवाा ९ बजेदेखि शुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको थियो। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा रहेको छ । त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिस्पर्धामा रहेका हुन् ।
आयोगले सबै पदको नतिजा एकसाथ सार्वजनिक गर्ने तयारी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्