Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित)

ओली र पाेखरेल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा

0
Shares

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेकाे छ।

भृकुटीमण्डपमा बुधबार बिहान सवाँ ९ बजेदेखि शुरू भएकाे मतदान हाल जारी रहेकाे हो। भृकुटीमण्डप बाहिरको चुनावी सरगर्मी अझै सेलाएको छैन। अध्यक्षका दुई जना उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलका समर्थकहरू नारा लगाउँदै माहोल तताइरहेका छन्। चिसो बढेता पनि समर्थकहरू भने आफ्ना नेताहरूलाई मत माग्न व्यस्त भएका हुन् ।

२ हजार २ सय ६३ मतदाता मध्ये ८ सय भन्दा बढी मत हालसम्म खसिसकेको एमालेकाे केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।