Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रधानमन्त्री कार्की र नेपालका लागि चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटवार्ता


416
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ।

राजदूत सोङले आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका कारण बुधबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेटवार्ता गर्नुभएकाे हाे। भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सोहीअवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सोही क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गर्नुभयाे। प्रधानमन्त्री कार्कीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाई तथा सफल यात्राको कामना गर्नुभयाे।

प्रधानमन्त्री कार्कीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाउनुभएकाे छ। चीनबाट सदाझैं नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उहाँले व्यक्त गर्नुभयाे।