काठमाडाैं। गोरखामा माछा मार्न भनेर खाेलामा गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका-५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे हाे। सिरानचोक गाउँपालिका-७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो साढे २ बजे बरामको शव फेला परेको प्रहरीले बताएकाे छ।
बरामको खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे हाे।





प्रतिक्रिया दिनुहोस्