Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि जारी मतदान ‘कछुवा गति’मा

मतदान भाेलि मात्रै सकिंने

2.4k
Shares

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि जारी मतदान ‘कछुवा गति’मा अघि बढिरहेको छ।

काठमाडाैंकाे भृकुटीमण्डपमा लामो मतपत्र र प्यानलको सूचीलाई भिडाएर मतदान गर्नुपर्दा मतदाताहरु लामो समय अल्मलिने गरेका हुन् ।अध्यक्ष पदका लागि दुई जना प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । मतदाताहरु प्यानलको सूची बोकेर मतदान गर्न जाँदा ढिलाइ भएको हो।

विद्युतीय भोटिङ मेसिनका सञ्चालकले शुरु-शुरु फोटो र नाम हेरेर मतदान गरेको भए चाँडै सकिने तर यता सूची हेर्दै उता फोटो खोज्दै गर्दा ढिलाइ भइरहेको बताएका छन्। प्यानल सूचीबिना मतदान गर्न गएकाहरुले आधा घन्टाभित्रै सिध्याउने तर सूची बोकेर गएकाहरुले डेढ घन्टासम्म समय खपत गरिरहेको उनले जानकारी दिएका छन्।

बुधबार साँझ ५ बजेसम्म करिब ८ सय जना मतदाताले मात्रै मतदान गरिसकेका छन् । महाधिवेशनमा २ हजार २ सय ६३ जना मतदाता रहेका छन् । उनीहरुले ६ सय ४२ उम्मेदवारहरुबाट छानेर ३ सय १ पदका लागि मतदान गर्नुपर्ने भएकाे छ।

यहि गतिमा मतदान हुँदा बिहीबार बिहान ४ बजेसम्ममा सम्पन्न हुने मेसिन संचालकले बताएका हुन्।