Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


नेपाली बजारमा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुन पनि तोलामा ७ सय रूपैयाँले बढ्यो

585
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार रुपैयाँ नाघेको जनाएको हो। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ। एकैदिन चाँदीको मूल्य तोलामा १ सय ७० रुपैयाँ बढेको हो।

अघिल्लो दिन ३ हजार ८ सय ८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो। एक सातामै चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको हो। यसअघि गत बुधबार चाँदीको मूल्यले ३ हजार ९ सय ५ रुपैयाँको रेकर्ड बनेको थियो ।

त्यसैगरी बुधबार सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो। तरबुधबार बढेर सुन तोलामा २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो ।

यसअघि सोमबार सुनको मूल्य हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको महासंघले जनाएको छ।