काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार पनि हुन सकेको छैन ।
बुधबार बिहान ८ बजेदेखि मतदान हुने भनिएता पनि ९ बजेसम्म पनि मतदान शुरु हुन नसकेको हो। निवर्तमान अध्यक्ष केपी शर्मा ओली मतदानस्थल आए लगत्तै मतदान शुरु हुने बताइएको छ । यद्यपि बुधबार बिहान ९ बजेसम्म ओली भृकुटीमण्डपमा पुग्नुभएको छैन । नेता तथा कार्यकर्ता भने मतदानको लागि लाइन लागेका छन् । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने मतदान स्थल पुगिसक्नुभएको छ ।
मंगलबार राति ९ बजे हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै बुधबार बिहान ८ बजेलाई सारिएको थियो।





प्रतिक्रिया दिनुहोस्