Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


एमालेको महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान स्थगित

बुधबार बिहान ८ बजेदेखि मतदान हुने, मतदानका लागि १ सय मेसिन राख्ने

2.1k
Shares

काठमाडौं । नेकपा एमालेको जारी ११ औ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ।

प्राविधिक कारणले मतदान सरेको निवर्तमान महासचिव शंकर पोखरेलले मंगलबार राति एक सूचना जारी गर्दै मतदान बुधबार बिहान ८ बजेका लागि सारिएको बताउनुभएको हो। मंगलबार प्राविधिक कारणले मतदान हुन नसकेन उहाँको भनाइ छ । बुधबार बिहान ८ बजेदेखि मतदान हुने उहाँले बताउनुभयो।विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको हो।

मेसिन उत्पादक कम्पनीलाई सोमबार राति मात्र उम्मेदवारहरूको नामावली प्राप्त भएको थियो। त्यस अनुसार विवरण इन्ट्री भइसकेको थियो। पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठायो। त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन थप समय लागेपछि निर्धारित समयमा हुन नसकेको उहाँको भनाइ छ।

मतदानका लागि १ सय वटा मेसिन राख्ने तयारी भइरहेको छ। एमालेको निर्वाचन आयोगले मंगलबार राति ८ बजे मतदान शुरू हुने सूचना प्रकाशित गरेको थियो। त्यसपछि फेरी मंगलबार राति ९ बजेदेखि मतदान कार्य शुरु हुने एमालेले जानकारी गराएको थियो। यसरी एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदानको समय पटक पटक सारिएको थियो।