Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


यातायात बन्द नगरी आगामी निर्वाचन गर्ने आयोगको तयारी


1k
Shares

काठमाडाैं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सवारी आवागमनमा रोक नलगाउने गरी तयारीमा जुटेको बताएकाे छ।

आयोगमा मंगलबार आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिनुभएकाे हाे। उहाँले विगतका निर्वाचनहरुमा दलहरुले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको बताउनुभयो। विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उहाँको तर्क छ।

आयुक्त जबराले स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म र्पुयाउने व्यवस्था गर्न सक्ने भएता पनि आयोग आफैंले बस सञ्चालन गरेर अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिनसक्ने अवस्था भने नरहेको स्पष्ट पार्नुभयो।