Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सबै वर्गका नागरिकलाई निर्वाचनमा प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्ने मन्त्री खरेलकाे दावी


208
Shares

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

निर्वाचन आयोगले मंगलबार सरकारसँग निर्वाचन तयारीकाे बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। निर्वाचनमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा सुत्केरी महिला, अशक्तलगायत सबै नागरिकको समान, सहज सहभागिता सुनिश्चित गर्न आयोग र सरकारबीच आपसी सहकार्य हुनुपर्ने उहाँको भनाइ छ।

मन्त्री खरेलले निर्वाचनको अनुकूल वातावरण निर्माण, प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि निर्वाचन आयोगसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको पनि बताउनुभयो । मतदाता शिक्षा प्रदान गर्न सरकारी तथा निजीस्तरबाट सञ्चालित सञ्चारमाध्यमहरुलाई परिचालित गरिने उहाँले बताउनुभएकाे छ।

मन्त्री खरेलले निर्वाचन सम्बन्धी भ्रामक तथा मिथ्या सूचना रोक्न सरकार मातहतका निकायहरुलाई परिचालित गरिएको समेत बताउनुभयो।