Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


निर्वाचनको विकल्प छैनः मन्त्री सिन्हा


130
Shares

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ।

निर्वाचनकाे बारेमा सरकारसँग निर्वाचन आयोगले मंगलबार गरेको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न जरुरी रहेको बताउनुभयो । निर्वाचनलाई कम खर्चिलो बनाउन, निर्वाचनको माध्यमबाट सक्षम जनप्रतिनिधि र संविधानका पालकहरु प्रतिनिधि सभामा पठाउन सोच्नुपर्नेमा उहाँकाे भनाइ छ। अनलाइन भोटिङका कुराहरुकाे बारेमा सरकारले सोचिरहेको समेत उहाँले बताउनुभयो।

मन्त्री सिन्हाले आर्थिक व्यवस्थापनबारे पनि आयोग र अर्थमन्त्रालयबीच छलफल भइरहेको बताउनुभएकाे छ।