Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


एमालेको नयाँ नेतृत्व चयनका लागि मतदानमा ढिलाई

विद्युतीय मेसिनमा नाम प्रविष्ट गर्न अझै ४-५ घण्टा लाग्ने

832
Shares

काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुन ढिलाइ भएको छ।

विद्युतीय मेसिनमा उम्मेदवारहरूको नाम प्रविष्ट गर्न अझै ४-५ घण्टा लाग्ने एमालेले जनाएकाे हाे। शुरुको कार्यक्रम तालिका अनुसार मंगलबार १० बजेदेखि मतदान शुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म पनि कुनै सुरसार छैन । मंगलबार १० बजेबाट फेरी दिउँसाे १ बजे भनिएकाे थियाे। फेरि दिउँसाे ४ बजे भनिएको छ। तर विद्युतीय मेसिनका सञ्चालकले भने नाम प्रविष्ट हुन बाँकी नै रहेको बताएका छन्।

शुरुमा आएको उम्मेदवारको सूचीमा परिवर्तन भएर फेरि नयाँ सूची आएका कारण समय लाग्ने विद्युतीय मेसिनका सञ्चालकले बताएका हुन्।