Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


इजरायलमा अवैध रूपमा बसाेबास गर्दै आएका ५१३ जना प्यालेस्टिनी नागरिक पक्राउ


455
Shares

एजेन्सी। इजरायलमा अवैध रुपमा बसाेबास गर्दै आएका ५ सय १३ प्यालेस्टिनी बासीन्दाहरूलाई पक्राउ गरिएकाे छ।

गत हप्ता सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासीन्दाहरू पत्ता लगाउन र देशैभरी घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्रहरूमा अपरेसन गरी उनीहरुलाई पक्राउ गरेका हुन्। जेरुसेलम क्षेत्रमानै ३ सय ९१ अवैध बासीन्दाहरू र अवैध निवासलाई सहयोग गर्ने ३४ संदिग्धहरूलाई पक्राउ गरिएको जनाइएको छ।

गत हप्तामा भएको एउटा घटनामा जेरुसेलम क्षेत्रको सीमा प्रहरीले प्यालेस्टिनी क्षेत्रहरूसँगको विभाजन पर्खालमाथि उफ्रेर अतारोट औद्योगिक क्षेत्रको नजिकैको कारखानाभित्र लुकेका २५ जना अवैध बासीन्दाहरूलाई पक्राउ गरेको थियाे। त्यसैगरी उत्तर र तटीय क्षेत्रमा १८ जना अवैध बासीन्दा र ११ जना सहयोगी संदिग्धलाई पक्राउ गरिएकाे छ।

दक्षिणी क्षेत्रमा ५७ जना अवैध बासीन्दा र सहयोग गर्ने ४ जना संदिग्धलाई पक्राउ गरिएको छ। केन्द्रीय क्षेत्रमा ४७ जना अवैध बासीन्दा र सहयोग गर्ने ४ संदिग्धलाई पक्राउ गरिएको प्रहरीले बताएकाे हाे।