काठमाडाैं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन मंगलबार भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु हुने क्रममा छ।
सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने भएकाे हाे। मंगलबार बिहानैदेखि महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ। विभिन्न प्यानलका समर्थकहरू आ-आफ्ना नेताको पक्षमा नारा लगाउँदै भोट माग्न व्यस्त छन्। विद्युतीय मतदान मेसिनको प्रयोग गरिने भएकाले प्रक्रिया छिटो-छरितो हुने अपेक्षा गरिएको छ।
देशैभरीबाट आएका २ हजार भन्दा बढी प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व छान्ने यो प्रक्रियामा उत्साहपूर्वक सहभागी जनाएका छन् । कार्यकर्ताहरूले आफ्ना नेताहरूलाई समर्थन गर्दै महाधिवेशन स्थल वरपर चहलपहल कायम राखेका छन्। महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेको हाे । मतदान सकिएपछि नयाँ नेतृत्व घोषणा हुने भएकाे छ।





प्रतिक्रिया दिनुहोस्