Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


आज देशभरको मौसम मुख्यतया सफा रहने


143
Shares

काठमाडाैं ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। आज राति भने देशभर मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।