Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


एमाले ११ औँ महाधिवेशन : ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने


208
Shares

काठमाडौं ।

नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

महाधिवेशनका लागि १०० वटा मेसिन ल्याइए पनि ८० वटा मात्र मतदान प्रयोजनका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिए ।

उनका अनुसार एक जना मतदाताले मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा कुल दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।

विद्युतीय भोटिङ प्रणाली व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा मेसिन नमूना अभ्यासका लागि र थप १० वटा मेसिन अतिरिक्त रूपमा राखिएको बताए ।