Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


आगामी निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति

माग भए बमोजिमका कागजात प्राप्त भएपछि आवश्यक संस्थाका बारेमा निर्णय गरिंने

364
Shares

काठमाडौं। निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति दिएको छ।

आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो। आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो। त्यसमा ४४ वटा राष्ट्रिय र ५ वटा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ।

पर्यवेक्षणका लागि आवेदन गरेका संस्थामध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका ती संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयाे। निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेश नगरेका संस्थालाई ५ दिनभित्र थप कागजात बुझाउन पत्राचार गरिएको उहाँको भनाइ छ।

माग भए बमोजिमका कागजात प्राप्त भएपछि आवश्यक ती संस्थाका बारेमा निर्णय हुने आयोगले जनाएकाे हाे।