Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


ओली समूहबाट एकपछि अर्को नेताले विद्रोह गर्न थाले

नेता ज्ञवालीले महाधिवेशनस्थल छाडे, विवाद नथामिंदा पोखरेल पक्ष उत्साहित

10.5k
Shares

काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशन जारी रहँदा अध्यक्ष केपी शर्मा ओली समूहबाट एकपछि अर्को नेताले विद्रोह गर्न थालेका छन् ।

खासगरी महासचिव पदका लागि शुरू भएको कलह अझै नसकिएकाे हाे। महासचिवका दाबेदार प्रदीप ज्ञवालीले यो विवादका कारण साेमबार बिहानै गुण्डुमा बसेको बैठकस्थल छाड्नुभएकाे थियाे। ओली समूहले उपाध्यक्ष पदमा राखेका ज्ञवालीले अब भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पनि छाेड्नुभएकाे छ।

ओली पक्षबाट पदाधिकारी दाबेदारहरूबीचको विवाद नथामिंदा ईश्वर पोखरेल पक्ष उत्साहित भएको छ।महासचिव पद नपाए कुनै पदमा नउठ्ने घोषणा ४ दिनअघि नै गुण्डुमा गरेका उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट बाहिरिनुभएकाे छ। ज्ञवालीलाई फकाउन अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र पृथ्वी सुब्बा गुरुङलाई लगाउनुभएकाे थियाे।

तर शंकर पोखरेललाई महासचिव बनाइएपछि असन्तुष्ट पौडेल र गुरुङले ज्ञवालीलाई साथ दिएका छन्। यो विवादमा उपाध्यक्षमा राखिएका वर्तमान उपमहासचिव गुरूङले यदि ज्ञवालीलाई महासचिव नदिने भए आफूले पनि मनोनयन दर्ता नगर्ने चेतावनी ओलीलाई दिएका छन् । ज्ञवालीले महासचिव पदमा जान नपाए केन्द्रीय सदस्य मात्रै बस्ने यसअघि बताएका थिए । तर अब उनले त्यस पदमा पनि नबस्ने भनेर भृकुटीमण्डप छाडेका छन् ।

साेही विवादमा ज्ञवालीलाई साथ दिँदै गुरुङले आफूले पनि कुनै पदमा उम्मेदवारी नदिने चेतावनी ओलीलाई दिनुभएकाे छ ।