Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आफूलाई कित्ताकाट नगर्न नेता बास्कोटाकाे आग्रह

आफ्नो कित्ता एमाले नै भएकाे तर्क

988
Shares

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै आफ्नो कित्ता एमाले भएको बताउनुभएकाे छ।

एमालेको ११औं महाधिवेशन स्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता बास्कोटाले एमाले पार्टीले निर्माण गरेको जगभित्र र यसको अभ्यासभित्र प्रतिस्पर्धा गर्ने कुरा सामान्य भएको बताउनुभएकाे छ। उहाँले पदीय कुरामा इच्छा आकांक्षाहरुमा मत मात्रै नमिलेको बताउनुभयाे।

आफू जन्ती र मलामी नै ईश्वर पोखरेल र केपी ओलीको नभएको समेत उहाँकाे भनाइ छ। एमालेको हरेक महाधिवेशनमा प्रतिस्पर्धाको अभ्यास भइरहेको नेता बास्कोटाले बताउनुभयाे।