Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


एसीसी यू-१९ एसिया कपमा बंगलादेश विजयी

नेपाल भने ७ विकेटले पराजित

442
Shares

काठमाडौं। एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ।

दुबईमा साेमबार भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले पराजित गरेकाे हाे। नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै बंगलादेशलाई १ सय ३१ रनको मामूली लक्ष्य दिएको थियो। जवाफमा बंगलादेशले ३ विकेट क्षतिमा २४ दशमलव ५ ओभरमै लक्ष्य भेटाएकाे थियाे। नेपालका अभिषेक तिवारी र युवराज खत्रीले एक-एक विकेट लिएका थिए।

बंगलादेशका ओपनर जवाद आब्ररले ६८ बलमा ७० रनको अविजित इनिङ खेल्दै टिमलाई जित दिलाएका थिए । उनले ७ चौका र तीन छक्का प्रहार गरेका थिए।