Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ तिवारीलाई मन्त्रालयकाे जगेडामा राखियाे


481
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्री तिवारी गृह मन्त्रालय तानिनुभएकाे छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उहाँको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार उहाँलाई मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो। तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको सीडीओको रुपमा रवीन्द्र आचार्यलाई पठाइएको छ। उहाँ शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव भएकाे जनाइएकाे छ।

तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उहाँको निजी सचिव भएर काम गर्नुभएकाे थियाे। केही दिनअघि मात्रै विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणमा लेखकसहित तिवारीसहितका व्यक्तिमाथि पनि छानबिन भएको अख्तियारले जनाएकाे छ।

मन्त्री अर्यालले जनताले महशुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरुलाई सचेत गराउनु भयो ।