Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


एमाले नेतृ पाण्डेद्वारा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता


663
Shares

काठमाडौं। नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम जारी रहेकाे छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ बिन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे। सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकाे छ।

उहाँको समर्थकमा भने महेन्द्र प्रसाद श्रेष्ठ रहनुभएकाे हाे। नेतृ पाण्डे अध्यक्षका प्रत्यासी ईश्वर पोखरलको टिममा रहनुभएकाे छ।