Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने नेता भट्टराईकाे दावी


247
Shares

काठमाडाैं। नेकपा एमालेका नेता योगेश भट्टराईले जेनजी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताउनुभएको छ।

पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो। उहाँले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरु प्रतिष्पर्धामा रहेको दावी समेत गर्नुभएकाे छ।

नेता भट्टराईले महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले राज्यसत्ताको समेत नेतृत्व गर्नेगरी आफूहरु आन्तरिक प्रतिष्पर्धामा रहेको बताउनुभयाे।